थप ८९८० जनामा कोरोना संक्रमण पुष्टि, १२९ को मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । आज ८९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्या हो । यसअघि शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए ।