कोरोना अपडेट : थप १७७ जनाको मृत्यु, ८६०७ मा संक्रमण पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । यस्तै देशभर ८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त भएका छन् ।

आज २३ हजार २२६ नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।