प्रधानमन्त्री ओली पनि शितल निवासमा


काठमाडौं : नयाँ सरकार बनाउने दाबी प्रस्तुत गर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि शितल निवास पुगेका छन् । प्रधानमन्त्री ओली  नयाँ सरकार बनाउने दाबी प्रस्तुत गर्न  विपक्षी गठबन्धनभन्दा पहिले नै शितल निवास पुगेको बताइएको छ।

जनता समाजवादी पार्टीको महन्थ राजेन्द्र समूहका सांसदहरूको हस्ताक्षर बिहीबार राति नै राष्ट्रपतिलाई बुझाइसकेको जनाइएको छ । यद्यपि विपक्षी गठबन्धनबाट १४९ सांसदको हस्ताक्षर लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्रीमा दाबी पेश गर्न शितल निवास गएका छन्।