१४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीको दाबी गर्न देउवा शितल निवासमा


काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीको दाबी गर्न शितल निवास पुगेका छन् । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिएर देउवासहित विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय पुगेका हुन् ।

देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेस, माओवादी, जसपा र एमालेको माधवकुमार नेपाल समूह सांसहरुले हस्ताक्षर गरेका छन् । कांग्रेस सांसद गगन थापाका अनुसार एमाले नेपाल समूहका २७ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेका छन् ।