माधव नेपाल समूहका २७ सांसदले गरे देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर


काठमाडौं : एमाले नेता माधव नेपाल समूहका २७ जना सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन् । शुक्रबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालयमा बसेको गठबन्धनको बैठकमा हस्ताक्षर संकलन गरेर उनीहरू शितल निवास गइसकेका छन्।

देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने प्रस्तावमा जनता समाजवादी पार्टीको उपेन्द्र यादव, बाबुराम भट्टराई समूहका १३ जनाले हस्ताक्षर गरेका छन्।