नेपाललाई आपतकालीन सहयोगको खाँचो : विश्व स्वास्थ्य संगठन

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालमा कोरोना सङ्क्रमणको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताएको छ । डब्ल्यूएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले नेपालमा कोरोना महामारीको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताएका हुन् ।
निर्देशक गेब्रियसले भारतसँगै नेपाल, श्रीलङ्का, भियतनाम, थाइल्याण्ड लगायतका देशको अवस्था चिन्ताजनक भएको भन्दै अन्तर्राष्ट्रिय सहयोग चाहिएको बताए ।
नेपालमा अस्पताल भर्ना हुनुपर्ने बिरामी बढिरहेको र उनीहरुको लागि बेड र अक्सिजन नै उपलब्ध हुन नसक्ने अवस्था आएको भन्दै यसले अब थप जटिलताहरु आउने निर्देशक गेब्रियसले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय समुदायलाई बिरामीले बेड पाइरहेको र अवस्था नियन्त्रणमा नै रहेको बताइरहेको बेला संगठनले यस्तो अभिव्यक्ति सार्वजनिक गरेको हो ।