काठमाडौंबाट घर जानेलाई आज रातभर समय


काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिर जानेलाई आज रातिसम्म समय दिइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञाको कारण राजधानीमा अलपत्र भएकालाई गन्तव्यसम्म पुग्नको लागि आज रातिसम्म समय उपलब्ध गराएको हो ।

राजधानीमा रोकिएका सर्वसाधारणलाई उपत्यका छाड्न आज रातभर अनुमति दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बसपार्क र नाकामा अलपत्र परेका सर्वसाधारणलाई गन्तव्यमा पुग्न दिनको लागि उद्दारस्वरुप यस्तो निर्णय गरेको हो ।

बाहिर जान चाहने सर्वसाधारणले आफू जान चाहेको जिल्लाका स्थानीय निकायको सिफारिस भने अनिवार्य रुपमा पेश गर्नुपर्ने पनि बताइएको छ । भोलिदेखि भने जान नपाइने बताइको छ ।जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी)ले काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । पुनस् १५ दिन थपेर निषेधाज्ञालाई झन कडा गरिएको छ ।