जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतो चयन भएका छन्।बिहीवार बसेको दलको बहुमतको बैठकले महतोलाई नेता चयन गरेको हो। स्रोतका अनुसार महतोलाई चुनेको निर्णय पार्टी कार्यालय खुलेपछि दर्ता गराउने तयारी छ।

दलको बैठकमा उपेन्द्र यादव र बाबुराभ भट्टराई समूह भने बैठकमा उपस्थित थिएनन्। एक वर्षअघि राजपा र समाजवादी पार्टीबिच एकता हुँदा महतोलाई दलको नेता बनाउने सहमति भएको थियो।