कोरोना अपडेट : एकैदिन २०३ जनाको मृत्यु, ८५२० मा संक्रमण


काठमाडौं ।पछिल्लो २४ घण्टामा नेपालमा थप २०३ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २१४७८ नमुना परीक्षणमा ८५२० जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।