अस्पतालमा अक्सिजन सकिँदा ५ जना कोरोना संक्रमितको मृत्यु


बुटवल ।पछिल्लो समय नेपालमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ । पछिल्लो २४ घण्टामा कोरोना विशेष अस्पताल बुटवलमा अक्सिजन सकिएर ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अक्सिजनको सहायतामा उपचार भईरहेका ती संक्रमितहरुलाई दिईरहेकोअक्सिजन सकिएपछि अक्सिजन लिन नपाएर मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । अक्सिजन सकिएको सूचना गर्दापनि समयमा अक्सिजन अस्पताल पुग्न नसक्दा बिरामीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बुटवल उपमहानगरका ४ जना र नवलपरासीका १ जना छन् । मृत्यु हुनेमा बुटवल ११का २९ वर्षिय पुरुष, वार्ड नम्बर ८ का ५२ वर्षिय पुरुष, बुटवल १२ की ५९ वर्षिया महिला र बुटवल १३ का ५२ वर्षिय पुरुष रहेका छन् । अक्सिजन नै नपाएर बर्घाटका ४४ वर्षिय पुरुषको पनि मृत्यु भएको छ ।