रगतको अभाव देखिएपछि जेठ १ गते रक्तदान गरिँदै


काठमाडौं : रगतको चरम अभाव भएको भन्दै लायन्स क्लब अफ काठमाडौं सोसियल फ्रेण्ड, अटो नेपाल मासिक र सहयोगी महिला जागरण मंचले रक्तदानको आयोजना गर्ने भएका छन् । यही जेठ १ गते काठमाडौंको  रातोपुलमा आकस्मिक रक्तदान कार्यक्रण हुने भएको हो । रातोपुलको नेशनल बाथ रोग सेन्टरमा हुन लागको रक्तदानमा कोभिडविरुद्धका सम्पूर्ण स्वास्थ्य प्रोटोकल अपनाईने बताइएको छ । प्रहरीसँग सहकार्य गरी पूर्ण सावधानी अपनाईने आयोजक मध्येका एक भुषण श्रेष्ठले जानकारी दिए ।

उक्त दिन रक्तदातालाई रक्तदान स्थलसम्म  आउने वातावरण समेत मिलाउने तयारी भइरहेको छ । विपतमा उच्च सतर्कता अपनाई रक्तदान गर्न आयोजकले इच्छुक रक्तदातालाई आग्रह गरेका छन् ।  नेपाल रेडक्रस सोसाईटीले सामान्य गर्भवती महिला र शल्यकृया गर्नु पर्ने बिरामीका लागि रगत अभाव हुन थालेको बताएपछि आयोजकले यस्तो पुण्य काम अघि बढाएका हुन् । क्लबका अध्यक्ष भुषणकुमार श्रेष्ठ मानव जीवन रक्षाका लागि सबै स्वास्थ्य मापदण्ड अपनाएर केहीँ नगरी बस्नै नसकेको भन्दै रक्तदानको आयोजना गरेको बताउछँन् ।