ओली नै पुनः प्रधानमन्त्री हुने दावी


२७ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री ओलीले संसदमा विश्वास गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न ३ दिनको समय दिएर आह्वान गरेसँगै पुनः ओ नै फेरि प्रधानमन्त्री हुने एमालेका एक नेताले दावी गरेका छन् । उनले विपक्षी काँग्रेसलगायतको गठबन्धनको बहुमत पुग्न नसक्ने जिकिर गर्दै ओली नै पुनः प्रधानमन्त्री बन्न अवस्था आउने दावी गरेका हुन् ।


लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलले प्रधानमन्त्रीमा फेरि ओलीलाई नै खोज्नुपर्ने बाध्यता रहेको दाबी गरेका हुन् । पोखरेलले भनेका छन–‘संसदले धारा ७६ (२) को जुन प्रमलाई विश्वासको मत दिएन, समयमै विकल्प दिन नसक्दा धारा ७६ (३) अन्तरगत उही प्रमलाई खोज्नुपर्ने वाँध्यता छ ।
समयमै विपक्षी गठबन्धनले विकल्प दिन नसक्दा ठूलो दलको हैसियतले ओलीकै नेतृत्वको सरकार बनाउनुपर्ने बाध्यता रहने उनको भनाइ छ । संसदमा बहुमत पुर्याउन १३६ सांसद आवश्यक पर्छ । आज संसदमा प्रधानमन्त्री ओलीको विपक्षमा १२४ मत खसेको थियो । विपक्षी तीन दल कांग्रेस माओवादी र जसपालाई नयाँ सरकार गठन गर्न अझै ११ सांसद पुग्दैन ।