राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान


काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकी प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ ९२० बमोजिम सरकार गठनको आह्वान गरेकी हुन् । यही वैशाख ३० गते साँझ ९ बजेसम्म प्रधानमन्त्रीको दाबी पेश गर्न पनि उनले भनेकी छिन् ।

यसअघि सोमबार मात्र संसदले विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत गरेको थियो । यससँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका थिए । नयाँ सरकार गठनको पक्षमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको डा। बाबुराम भट्टराई(उपेन्द्र यादव पक्षका १६ सांसद देखिएका छन् । २७१ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३६ सांसद चाहिन्छ ।