एसईई र कक्षा १२ काे परीक्षा स्थगित


काठमाडाैंः जेठ १३ गतेबाट सञ्चालन हुने भनिएकाे एसईई र जेठ २६ गतेबाट हुने भनिएकाे कक्षा १२ को परीक्षा स्थगित भएकाे छ। राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको हाे।

सोमबार भर्चुअल माध्यमबाट बसेको बोर्डकाे बैठकले अर्काे सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले अबको १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउने र साेहीअनुसार परीक्षा मोडल सार्वजनिक गरिने बताए।