शङ्खरापुर नगरपालिका मङ्गलबार बन्द हुने


काठमाडौं : काठमाडौँको शङ्खरापुर नगरपालिका यही वैशाख २८ गते मङ्गलबार बन्द हुने भएको छ । वडा नं ४ का वडाध्यक्ष बुद्धिबहादुर तामाङको शनिबार साँझ नेपाल मेडिकल कलेज अत्तरखेलमा कोरोना सङ्क्रमणका कारण ४४ वर्षका उमेरमा निधन भएसँगै आइतबार बसेको नगरपालिकाको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै मङ्गलबार नगरपालिका र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख सुवर्ण श्रेष्ठले मङ्गलबार एक दिन स्वास्थ्य संस्थाबाहेक नगरपालिकाका सम्पूर्ण कामकाज बन्द गरिने जानकारी दिए । बैठकले वडाध्यक्षको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।