काठमाडौंमा थप १५ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय


काठमाडौं : कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।

आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । जारी निषेधाज्ञा २९ गते सकिँदैछ ।