कोरोना संक्रमित सांसदहरुलाई मतदानको लागि छुट्टै व्यवस्था


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदमा विश्वासको मत लिँदैछन् । आज बस्ने बैठकका लागि सांसद तथा संसदका कर्मचारी, सुरक्षाकर्मी तथा सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो । जसमा दुई दर्जनभन्दा बढी सांसदहरु संक्रमित रहेका थिए । विश्वासको मत दिनका लागि संक्रमित सांसदहरुलाई संसद भवनमा छुट्टै व्यवस्था गरिएको छ । भवनबाहिर टेन्ट टाँगेर संक्रमित सांसदहरुलाई राखिएको छ ।

विश्वासको मत दिन संसद भवन पुगेकी एमालेका एक सांसदले कोरोना महामारीले देश आक्रान्त भएको बेला एक जुट भएर लाग्नुपर्ने बेला यो तरिका ठीक नभएको प्रतिक्रिया दिएकी छन् । संक्रमित सांसदहरुलाई ल्होत्से हलको दक्षिण पट्टी बस्न लागि ठाउँ छुट्टयाइएको छ । उनीहरुलाई मतदानको समय भएपछि ल्होत्से हलभित्र भोट हाल्ने व्यवस्था मिलाएको संसद सचिवालयले जनाएको छ ।