वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन


काठमाडौं : वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।  छातीमा संक्रमण देखिएपछि सुन्धारास्थित न्यूरो अस्पताल भर्ना गरिएको प्रधानको बिहीबार दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।   गायक प्रधानले ‘घुम्तीमा नआऊ है…’ लगायत दर्जनौँ गीत कालजयी गीत गाएका थिए ।