प्रतिनिधि सभा विघटनबिरुद्ध परेका रिटमा आजको बहस सुरू


काठमाडौं ।

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका परेका रिट निवेदनहरुमाथि संवैधानिक इजलासमा मंगलबारको बहस सुरू भएको छ। आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा आज रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस गरेका छन्।

यसअघि सोमबारको बहसमा रिट निवेदकका तर्फबाटै दुई जना वकिलले बहस गरेका थिए। एउटै वकिलले लामो बहस गरेपछि न्यायाधीशले समयको ख्याल गर्न भनेका थिए।