काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दोहोरो अंकले बढेको छ । साताको दोस्रो दिन आज ९सोमबार० नेप्से दोहोरो अंकले बढेको हो ।  आज नेप्से १७.३१ अंकले बढेर दुई हजार तीन सय ३२ दशमलब ३१ विन्दुमा पुगेको छ भने ६ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर समूह बाहेक अन्य समूह बढेका छन् । आज सबैभन्दा धेरै लगानीकर्ताको आकर्षण व्यापार तथा होटल उपसमूहतर्फ देखिएका छन् । व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ६.५८ प्रतिशतले वृद्धि भएको छ भने यसपछि होटल उपसमूहको सूचक ५.८२ प्रतिशतले वृद्धि भएको छ ।