आज थप २७० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । शुक्रबार थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या दुई लाख ६६ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज ३९० जना कोरोना मक्त भएका छन् भने थप ५ जनाको मृत्यु भएको छ । निको भएका संक्रमितहरूको दर ९७.७ प्रतिशत रहेको छ । त्यस्तै, आज थपिएका संक्रमितमध्ये १७२ जना काठमाडौं उपत्यकाका हुन् ।