काठमाडौँ । दक्षिण एशियाकै पहिलो अन्तरदेशीय नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरी भएको छ । इन्डियन आयल कर्पोरेशन लिमिटेड (आईओसीएल) को पाइपबाट पटनाको सिवान र मोतिहारी हुँदै नेपालस्थित बाराको अमलेखगञ्ज हुँदै आएको पाइपलाइन भारतको सिम्बरको टिम्बर नवीनगञ्ज ब्लाकको डुमरा गाउँ नजिकै चोरी भएको हो । सो पाइपलाइनबाट हजारौं लिटर डिजेल चोरी हुने गरेको पुष्टि भएको छ ।

पाइपलाइनको सुरक्षामा खटीएका कर्मचारीले खेतमाथि डिजेल बगेको देखेपछि त्यहाँका अधिकारीलाई जानकारी दिएका थिए । अनुसन्धान गर्दै जादाँ मुख्य पाइपलाइनमा अर्को पाइप जोडेर तेल निकाल्ने गरिएको देखिएको छ । चोरहरूले मुख्य पाइपलाइनमा छुट्टै अर्को पाइप जोडेर डिजेल निकाल्ने गरका थिए । यती मात्र होइन डिजेल लिक नहोस् भनेर उनीहरुले पाइपमा विभिन्न लक समेत राखेका थिए । यस घटनापश्चात अधिकारीहरूले जिल्ला प्रशासनलाई यसबारे जानकारी गराएका छन् ।

यसको साथसाथै स्थानीय पुलिस स्टेशनमा पनि रिपोर्ट गरिएको छ । दक्षिण एसियाकै पहिलो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन रहेको उक्त परियोजना गतवर्ष भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्‍घाटन गरेका थिए ।