प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनमा आज सुनुवाई हुँदै


काठमाडौं । प्रतिनिधिसभा विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनमा आज सुनुवाई हुँदैछ । संसद बिघटनबिरुद्ध १३ वटा रिट निवेदन सर्वोच्चमा दायर भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा पुष ५ गते राष्ट्रपतिले लालमोहर लगाएपछि प्रतिनिधिसभा विघटन भएको थियो । ।

बुधबार पनि सोही विषयमा सुनुवाई भएको थियो । यद्यपी बुधबारको सुनुवाईमा मुद्धा पूर्ण इजलास पठाउने वा नपठाउने भन्ने विषयमा अनिर्णयमा सकिएको थियो । सरकारले मुद्दा पूर्ण इजलासमा पठाउन नहुने भन्दै निवदेन दिएको थियो । आज पनि संबैधानिक इजलासमै मुद्धाको सुनुवाई हुने छ ।