काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले भारतीय टेलिभिजन जी न्युजसंग दिएको अन्तर्वार्ता नाटक मात्रै भएको बताएका छन् । आज काठमाडौंमा आयोजित आफू निकट कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘विदेशी शक्ति केन्द्रहरूले उहाँलाई के-के मन्त्र सुनाए। उहाँले मन्त्र सुन्नु भयो। जी- न्यूजको इन्टर्भ्यू तपाईंहरूले हेर्नुभयो नि, उहाँले बोलाएको त्यो पनि नाटक कै हो। नाटकै हो। त्यसको पटाक्षप आज भइसक्यो। अब सगरमाथाको नाम फेर्ने रे, त्यही जी-न्यूजले। यो के नाटक देखिँदैछ तपाईं हामीले?’