आज थप ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं ।

आज थप ४ सय ८८  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ४ सय ८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर २ लाख ६५ हजार २ सय ६८ जनामा कोरोना संक्रमितको संख्या पुगेको छ । आज थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म एक हजार ९ सय २७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप ५ सय २७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । हालसम्म २ लाख ५८ हजार ९ सय ६८ जनाले कोरोना संक्रमण जितिसकेका छन् ।