काठमाडौं । मध्य अफ्रिकामा रहेको कंगोको एक राष्ट्रिय निकुञ्जमा बन्दुकधारीको आक्रमणबाट ६ जना रेन्जरको मृत्यु भएको छ ।पूर्वी कंगोको विश्व सम्पदामा सूचिकृत विरुंगा राष्ट्रिय निुकञ्जको सुरक्षामा खटिएका रेञ्जरहरुमाथि बन्दुकधारीले आक्रमण गरी हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

घटनाको कुनै समूहले जिम्मा नलिएपनि घटनामा सरकारी अधिकारीहरुले भने माईमाई लडाकू समुहको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन् ।सरकारी अधिकारीहरुले विद्रोहीको आक्रमणबाट वन रक्षकहरुको मृत्यु भएको पुष्टि गर्दै दोषीलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

करिब ८ सय वर्गकिलोमिटर क्षेत्रफरलमा फैलिएको निकुञ्ज संसारमै लोप हुन लागेको पहाडी गोरिल्लाको बासस्थान हो ।सन् १९२५ मा स्थापना भएको सो निकुञ्ज कंगोको राजनीतिक अस्थिरताको शिकार बन्दै आएको छ ।करिब ७ सय जना कार्यरत रहेको सो निकुञ्जले गत वर्षमात्र आक्रमणमा परेका २ सय भन्दा बढीलाई क्षतिपूर्ति दिएको थियो । गत वर्षको अप्रिलमा पनि सोही निकुञ्जमा विद्रोहीको आक्रमणबाट १२ जना रेन्जरको मृत्यु भएको थियो । एजेन्सी