बिएमडब्लुको विन्टर अफर, ६५ हजारसम्म नगद छुट


काठमाडौं । बिएमडब्लु मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक टर्क मोटर्सले विन्टर अफर सार्वजनिक गरेको छ । कम्पनीले बिएमडब्लु मोटरसाइकलको खरिदमा भारी नगद छुट योजना ल्याएको हो ।हाल कम्पनीले जि ३१० आर र जि ३१० जीएस मोडलका दुईवटा मोटरसाइकल आयत गरी कारोबार गर्दै आइरहेको छ । जसमध्ये अफर अन्तर्गत खरिद गर्दा ६५ हजारसम्म नगद छुट पाइने कम्पनीले बताएको छ ।

नेपाली बजारमा रातो र कालो रंगका मोडल जी ३१० आरको मूल्य समान ९ लाख ५० हजार रुपैयाँ तोकेको छ । त्यस्तै सेतो रंगमा उपलब्ध मोडलको मूल्य भने ९ लाख ७५ हजार रुपैयाँ राखिएको छ । कम्पनीले यसको सेतो रंगको मोटरसाइकलमा ६५ हजार रुपैयाँ र अन्य दुइ कलरमा ६० हजार नगद छुट स्कीम ल्याएको हो । मा नगद ६५ हजारसम्म छुट स्कीम ल्याएको छ ।

त्यसैगरी, रातो र कालो रंगमा बजारमा आएको बिएमडब्लु जी ३१० जीएसको मूल्य १० लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ भने, सेतो रंगमा उपलब्ध सोही मोडलको मूल्य ११ लाख ११ हजार ५ सय रुपैयाँ तोकिएको छ । यसमा पनि सेतो रंगको मोटरसाइकलमा ५० हजार र अन्य दुइ कलरमा ४५ हजार नगद छुट स्कीम रहेको कम्पनीले जनाएको छ

यी दुबै बाइकमा ३१३ सीसी क्षमताको वाटर कुल्ड, सिंगल सिलिन्डर, फोरभल्भ इन्जिनको प्रयोग गरिएको छ । उक्त इन्जिनले ९,५०० आरपीएममा ३४ बीएचपी पावर र ७५०० आरपीएममा २८ एनएम टर्क उत्पादन गर्छ ।