ओली समूहको केन्द्रीय कमिटी विस्तार, सदस्य संख्या १५ सय १ पुग्यो
0
Shares

काठमाडौं । नेकपाको केपी शर्मा ओली समूहले केन्द्रीय कमिटीमा थप ३ जनालाई थपेको छ। पुस ७ गते सुरू भएर ९ गते सकिएको केन्द्रीय कमिटी बैठकले १५ सय १ जनाको जम्बो केन्द्रीय कमिटी बनाएको हो।पुस ७ गतेको बैठकमा ओली समूहले केन्द्रीय कमिटी सदस्यको संख्या १ हजार ९९ पुर्याउने निर्णय गरेको थियो।
यसलाई ओली समूहले केन्द्रीय कमिटीको विस्तार भनेको छ। ओली समूहले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)मा पार्टी अध्यक्ष ओलीले गरेको मनोनयनलाई केन्द्रीय सदस्यहरूले अनुमोदन गरेको भनिएको छ।