पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण


काठमाडौं । आइतबार थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लाे २४ घण्टामा ३ हजार ३ सय ९९ जनाको कोरोना परीक्षण गर्दा २५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयलेल जनाएको छ ।

नेपाल कोरोना संक्रमतको कुल संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ । आज थप ५ सय १३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

हालसम्म २ लाख ५८ हजार ४ सय ४१ कोरोना संक्रमित निको भएका छन् ।यस्तै पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ ।