सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीप्रति कृतज्ञता


काठमाडौँ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध आज ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन अहोरात्र लाग्नुभएका पार्टीका प्रदेशसभा र क्षेत्रीय कार्यसमिति, भ्रातृ र शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यसँगै शुभचिन्तकमा बधाई ज्ञापन गर्नुभएको छ ।

उहाँले प्रदर्शनमा सामाजिक सञ्जालमार्फत सक्रिय भूमिका निर्वाह गर्ने युवा पङ्क्ति र निरन्तर समाचार सम्प्रेषण गरेर प्रदर्शनमा योगदान पु¥याउने सञ्चारकर्मीप्रति पनि धन्यवाद ज्ञापन गर्नुभएको छ ।