शनिबार थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । शनिबार थप जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उक्त संख्यामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमित नेपालमा कोरोना संक्रमण हुनेहरुको कुल संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ।

यस्तै आज थप ६९९ जना डिस्चार्ज भएर घर फर्किएका छन् । कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ । आज थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय १२ पुगेको छ।