काठमाडौंको वायु प्रदुषण घट्यो, यस्तो छ ३ दिनको मौसम पुर्वानुमान

काठमाडौं । सोमबार र मंगलबार खतराको तह पार गरेको काठमाडौं उपत्यकाको वायु प्रदुषण बुधबार आधा घटेको छ । आज एयर क्वालिटी इन्डेक्स (एक्वुआई) १३१.८ मा झरेको वातावरण विभागले जनाएको छ । आज बिहानैदेखि घाम लागेको र हावाले बहन पाएका कारण पनि प्रदुषण घटेको बिभागले जनाएको छ ।
प्रदुषण घटेसंगै उपत्यकाको तापक्रम तापक्रम ६.१ डिग्री सेल्सियस मापन गरिएको थियो । यस्तै भोलिदेखि काठमाडौं उपत्यकामा चिसो बढ्ने बताईएको छ ।
यस्तो आगामी ३ दिनको मौसम पुर्वानुमान
पुस २२ गते (बुधबार)
दिउँसो : देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति : देशको पहाडी भू-भागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
पुस २३ गते (बिहीबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : प्रदेश १ र सुदुर-पश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
पुस २४ गते (शुक्रबार)
दिउँसो स: प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : प्रदेश १, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।