ओली निकट सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्रीले दिए राजीनामा


नेपालभूमि, काठमाडौं ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलमान्त्री झपडबहादुर बोहोराले राजीनामा दिएका छन् । मन्त्री बोहरा नेकपा अध्यक्ष केपी शर्मा ओली निकट नेता हुन् । यसअघि ओली निकट अर्का प्रदेशमन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए ।

यद्यपी ओली निकट आर्थिक मामिलमन्त्री बोहरालाई भने उनले हटाएनन् । आफूलाई काम गर्न कठिनाई भएको भन्दै उनले राजीनामा दिएको बताएका छन् । अध्यक्ष ओलीले नेतृत्व गरेको नेकपाका उनी केन्द्रीय सदस्य समेत हुन् ।