वीरताको स्मरण गर्दै विजय दौड पुस २५ मा


बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १ स्थित जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै नेपाली सेनाले बुटवलमा विजय दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

मध्यपश्चिम पृतना हेडक्वार्टर, बुटवलले आज आयोजना गरेको पत्रकार भेटघाटमा महासेनानी मच्छिन्द्र थापाले अङ्ग्रेजहरु परास्त भएको गढी वीरतापूर्ण सैनिक इतिहास र स्वाभिमानी नेपालीको प्रतीक भएको बताउँदै राष्ट्रिय एकता दिवसका अवरमा सेनाले यही पुस २५ गते २१ किलोमिटर हाफ म्याराथुन र पाँच किलोमिटर वाकाथुनको आयोजना गर्ने जानकारी दिए ।

हाफ म्याराथुन बुटवल बहुमुखी क्याम्पसबाट शुरु भई योगीकुटी हुँदै डा«इभर टोलबाट फिर्ता भएर लुम्विनी अस्पताल, पुरानो बसपार्क हुदै जीतगढीमा समाप्त हुने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला तथा पुरुष खेलाडीलाई नगद पुरस्कार क्रमशः रु १५ हजार, १० हजार र रु पाँच हजारसहित पदक र प्रमाणपत्र दिइने छ ।