सुदूरपश्चिममा भूकम्पको धक्का


बैतडी । सुदूरपश्चिम प्रदेशको बिििभन्न पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार साँझ ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

उक्त भूकम्प ३ दशमलव ५ रेक्टर स्केलको रहेको जनाइएको छ । भूकम्पको धक्का बैतडीसहित दार्चुला र बझाङका केही क्षेत्रमा गरिएको थियो । भूकम्पले क्षति गरेकोबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।