नेपालभूमि, काठमाडौं ।

आज देशभर थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै, कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

यस्तै, पछिल्लो अवधिमा ७५० जना डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ५३ हजार ८५७ पुगेको छ । आज थप ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ८७० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ७११ पुगेको छ । मन्त्रालयका अनुसार हाल ३६७ जना क्वारेन्टिनमा रहेका छन् ।