संसद विघटन भयोभयो, नयाँ चुनाव हुन्छहुन्छ : प्रधानमन्त्री ओली


नेपालभूमि, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना हुन नसक्ने बताएका छन् । आइतबार आफू निकट समूहका कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले चुनाव तोकिएकै मितिमा हुने पनि बताएका छन् ।

उनले अघि भने, ‘संविधान र कानूनले मिल्दैन । विघटित संसद बौरिँदैन । संसद विघटन भयोभयो, नयाँ चुनाव हुन्छहुन्छ ।’ कतिपयले चुनाव हुँदैन भनेर कुप्रभार गरिरहेको भन्दै ओलीले चुनाव तोकिएकै मितिमा हुने स्पष्ट पारेका हुन् ।