कञ्चनपुरमा एक युवक मृत भेटिए
0
Shares

कञ्चनपुर । कञ्चनपुरमा एक युवा मृत भेटिएका छन्। शनिबार कृष्णपुर नगरपालिका–२ वाणीका २५ वर्षीय रमेश चौधरी घरकैको कोठामा मृत भेटिएको कञ्चनपुरका प्रहरीले जनाएको छ ।
चौधरी कोठा भित्र प्लाष्टिकको डोरीले झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। उनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।