बन्दको अवज्ञा गरेको भन्दै विप्लव कार्यकर्ताले जलाए पिकअप


काठमाडौं । मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले पिकअप जलाएका छन्। बन्द घोषणा गरेको दिन आज बिहान विप्लव कार्यकर्ताले बा१३च ७९६९ नम्बरको पिकअप भ्यान जलाएका हुन्।

भीमफेदीमा सामान अनलोड गरेर काठमाडौं फर्किँदै गरेको पिङकअप फर्पिङ र मकवानपुरको सिमानामा जलाइएको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए । आगजनीबाट पिकअपमा आंशिक क्षति भएको छ।

बिहान २ बजे पिकअपमा आगो लगाएर विप्लव कार्यकर्ता भागेका थिए। पिकअपका चालक पनि फेला नपरेको प्रहरी उपरीक्षक राठौरले बताए।