इन्फ्रास्ट्रक्चर बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा बैक र क्यापिटलबीच मंगलबार सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गर्नुभएको छ ।

अधिकृत पुँजी ४० अर्ब र जारी पुँजी २० अर्ब रहेको नेपालको पूर्वाधार बैंकको रुपमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त उक्त बैंकले सर्वसाधारण (कर्मचारी र सामूहिक लगानी कोषसमेत) को लागि हालसम्मकै ठूलो रकम ८ अर्ब रुपियाँको साधारण शेयर निष्कासन गरेको थियो ।