पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि
0
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कूल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै आज थप ४४१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
हालसम्म कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ६२ हजार २५९ पुगेको छ । आज थप ४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । पछिल्लो तथ्याङ्क अनुसार नेपाल कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ६९ पुगेको छ ।