बाँकेमा होम आइसोलेसनमा उपचाररत कोरोना संक्रमितको मृत्यु


बाँके । बाँकेमा होम आइसोलेसनमा उपचाररत एक ४९ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ धम्बोजीका ४९ वर्षीय संक्रमित पुरूषको भेरी अस्पताल नेपालगञ्जमा मंगलबार बिहान ६:१० बजे उपचारका क्रममा मृत्यु भएको छ।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार होम आइसोलेसनमा उपचाररत ती व्यक्ति मंगलबार बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको थियो। अस्पताल लगेको केही बेरमै उनको मृत्यु भएको हो।