काठमाडौ ट्राफिक व्यवस्थापन प्रविधिमैत्री बनाउछौः भट्टराई


रोसन दानी
२० मंसिर, काठमाडौं । महानगरीय ट्राफिक महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा जोड दिने बताएका छन् । उनले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने बताएका हुन् ।

महाशाखा प्रमुख भट्टराईले भने, उपत्यकाको सडक जाम कम गर्न र सुरक्षित सरल यात्रा गर्ने वातावरण कसरी तयार गर्न उच्चस्तरीय प्रविधिहरू अवलम्बन गर्न सकिन्छ भने कुरानै महत्त्वपूर्ण रहेको र सो अनुसार गृहकार्य भईरहेको छ ।

उपत्यकामा प्रविधिमैत्री बनाउँदै लगेर सडकमा कम जनशक्ति भए पनि पुग्ने अवस्थामा लैजान लागेको समेत उनको भनाइ छ ।उपत्यकामा भएका ट्राफिक लाइटलाई सुव्यवस्था गरि मर्मत गर्नु पर्ने र सञ्चालन गर्न सकिने अवस्थामा रहेकालाई सञ्चालनमा ल्याउन लागिएको महाशाखाले जनाएको छ ।

भखरै चन्द्रागिरि नगरपालिकाको पिप्लामोड,नागढुङ्गा(कंलकी सडक खण्डमा कुल एक करोड लगानीमा अत्याधुनिक सिसिटिभि जडान कार्य सम्पन्न भएको जानकारी गराउदै नियम मिच्ने सवारीसाधनलाई सीसीटीभीको माध्यमबाट कारवाही गरिरहको जानकारी बताए ।

उपत्यकामा लेन अनुसार ब्रेक गर्ने,ट्राफिक अनुशासन नमान्ने,ट्राफिक लाईट उलङ्घन गर्ने सवारी चालकलाई सिसिटिभिबाट निगरानी गरि कारबाही गर्ने काम समेत गरिएको छ ।

ट्राफिक प्रहरी कालिमाटीको जाम व्यवस्थापन गर्ने कालीमाटीमा पिकआवरमा चल्ने टाटा मोवाईल गाडीलाई बन्द गरेर अन्य समयमा चलाउनका लागि व्यवस्था गर्ने गृहकार्य भएको एसएसपी भट्टराईले जानकारी गराए ।संञ्चारकर्मीहरूसँग प्रमुख भट्टराईले उपत्यकाको सबैभन्दा धेरै सवारी जाम हुने ठाउँ कोटेश्वरमा जाम कम गर्न बस पकेटहरूलाई जथाभावी प्रयोगमा निषेधित गर्दै यातायात व्यवसायीहशरूलाई जानकारी गराएको उनको भनाई छ ।

भक्तपुरबाट कोटेश्वरमा आउने सवारी साधनहरूले सडकमै यात्रु झार्ने गरेकोमा नजिकैको खुल्ला ठाउँमा झार्ने व्यवस्था गर्ने, काठमाडौंबाट भक्तपुरतर्फ जाने सडकलाई सडक विभागको समन्वयमा बाटो बनाउने काम गरिने बताए ।

उपत्यकामा ढुवानीका लागि प्रयोग हुने मालबाहक एलपी ट्रकहरू जथाभावी पार्किङ गरेर सडकमा दुर्घटना हुने,वाटो जाम हुने समस्या प्रति चिन्तित हुँदै यस्ता मालबाहक ट्रक पार्किङ चन्द्रागिरिमा बनाउन सकिए उपत्यकाको सवारी जाम धेरै कमि आउने उनको विश्वास छ ।

एसएसपी भट्टराईले अन्तर्राष्ट्रिय स्तरका प्रविधि युक्त्त ट्राफिक लाईटको व्यवस्था, रोड मार्किङ शाखा सडकहरूमा स्टप,लुक एण्ड गो लगायत कुरामा स्थानीय सरकारहरूले व्यवस्थापन गरे सुरक्षित सडक बनाउने तर्फ उन्मुख हुने उनको बुझाई छ ।

काठमाडौ भित्र्ने र वाहिरीने मुख्य नाकामा खटिने ट्राफिक प्रहरीका लागि भवन उपलब्ध गराउने चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा पहल भईरहेको र छिटै उपलब्ध हुनेमा विश्वस्त रहेको महाशाखाले जनाएको छ ।सवारी चालक,यात्रुहरूलाई जनचेतनामूलक सन्देश प्रवाह गराउन स्टिकटर पर्चा टाँस गर्ने अभियान समेत सञ्चालन गरिने जनाएको छ ।