चितवनमा थप २ जना कोरोना संक्रमितको मृत्यु


नेपालभूमि,काठमाडौं ।

भरतपुर अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिकाका ७९ वर्षीय वृद्ध र धादिङको निलकण्ठ नगरपालिकाका ६१ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण ६४ जनाको मृत्यु भइसकेकोे छ।अहिलेसम्म चार हजार ४ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु मध्ये १६ सय जना उपचारकै क्रममा छन्।