विश्वभर कोरोना संक्रमणबाट १२ लाख पाँच हजार जनाको मृत्यु
0
Shares

नेपालभूमि,काठमाडौं ।
हालसम्म कोरोनाबाट विश्वभर १२ लाख पाँच हजार सात सय ४४ जनाको मृत्यु भएको छ । यस्तै कोरोना संक्रमितको कुल संख्या चार करोड ६८ लाख चार हजार चार सय २३ पुगेको छ ।
सोमबार बिहानसम्ममा कोरोना संक्रमण निको हुनेको संख्या तीन करोड ३७ लाख ४२ हजार सात सय ३१ पुगेको छ ।
नेपालमा हालसम्म एक लाख ७३ हजार पाँच सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ संक्रमितमध्ये एक लाख ३४ हजार आठ सय ४२ जना निको भइसकेका छन् । नेपालमा नौ सय ६० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।