१० सचिवको सरुवा को कुन मन्त्रालयमा ? (सूचिसहित)


काठमाडौं ।
सरकारले १० सचिवको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार आइतबार उनीहरूलाई पत्र दिइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत यादव कोइरालालाई संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । सो मन्त्रालयमा कार्यरत केदार अधिकारीले दुई साताअघि अवकाश पाएका थिए ।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काठमाडौं महानगरपालिकामा कार्यरत सचिव एकनारायण अर्यालको सरुवा भएको छ । सो मन्त्रालयमा कार्यरत सूर्यप्रसाद गौतमलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत केदार न्यौपानेलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।

उपराष्ट्रपतिको कार्यालयमा कार्यरत खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी दिइएको छ । सहरी विकास मन्त्रालयका मधुसूदन अधिकारीको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा, भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई नेपाल ट्रस्टको कार्यालयमा तथा ट्रस्टका सागरकुमार राईलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा भएको छ ।

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव डा. रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय (सिचाइँ)का सचिव रवीन्द्रनाथ श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । कतिपय सचिवको तीन महिनामै जिम्मेवारी हेरफेर गरिएको छ ।
सरुवा भएका सचिवहरुले आइतवार पत्र बुझदै जिम्मेवारी सम्हालेका छन् ।