६ हजार एमएएच ब्याट्री सहितको रियलमी ‘सि१२’ र ‘सि१५’ नेपालमा, मूल्य कति?


काठमाडौं । चिनियाँ स्मार्टफाने ब्राण्ड रियलमीले भर्खरै दुईवटा फोन नेपाली बजारमा ल्याएको छ। ती हन्ः रियलमी सि१२ र सि१५। यी फोन मंगलबार लंच भएको हो।

रियलमी सि१५

यी दुवै फोनमा एलसिडी डिस्प्ले जडान गरिएको छ। फोनमा अहिलेसम्मकै धेरै ६ हजार एमएएच ब्याट्री क्षमता रहको कम्पनीले बताएको छ।
कम्पनीका अनुसार विशेषगरि युवालाई लक्षित गरिएको यो फोनमा नवीन प्रकृतिको डिजाइन गरिएको छ।
सि१२ 
यो फोन ६.५ इञ्च डिस्प्ले रहेको छ फोन ३ जिबी र्याम र ३२ जिबी रोम क्षमता उपलब्ध रहेको छ। फोनमा तीन वटा एआई क्यामेरा जडान गरिएको छ। जसमा मुख्य क्यामेरा १३ मेगापिक्सेलको छ भने सहायक क्यामेरा २/२ मेगापिक्सेलको रहेको छ।

त्यस्तै, ५ मेगापिक्सेल सेल्फी क्यामेरा जडान गरिएको छ। ६ हजार एमएएच ब्याट्री क्षमता भएको फोनमा १० वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ।

सि१५ 

यो फोन ६.५ इञ्च डिस्प्ले रहेको छ फोन ४ जिबी र्याम र ६४ जिबी रोम क्षमता उपलब्ध रहेको छ। फोनमा चार वटा एआई क्यामेरा जडान गरिएको छ। जसमा मुख्य क्यामेरा १३ मेगापिक्सेलको छ भने ८ मेगापिक्सेलको  अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको डेप्थ क्यामेरा रहेको छ।

त्यस्तै, ८ मेगापिक्सेल सेल्फी क्यामेरा जडान गरिएको छ। ६ हजार एमएएच ब्याट्री क्षमता भएको फोनमा १८ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ।
कम्पनीका अनुसार सि१२ को मूल्य १६ हजार ९ सय ९० र सि१५ को मूल्य १९ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।