अनशनरत डा. केसी र सरकारबीच ८ बुँदे सहमति (पूर्णपाठसहित)


२५ असोज, काठमााडौं । शैक्षिक सुधारका विभिन्न माग राख्दै अनशनरत डा. गोविन्द केसी र सरकारबीच गएराती ८ बुँदे सहमति भएको छ ।
यो सहमति भएसंगै विगत २८ दिनदेखि अनशनरत डाक्टर केसीले आज अनशन तोड्दै हुनुहुन्छ ।

शनिबार सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेर डा. केसीसँगै ठोस वार्ता गरेपछि सहमति जुटेको हो ।सरकारले डा.। गोविन्द केसीसँग वार्ता गर्न बुधबार तीन सदस्यीय टोली गठन गरेको थियो भने डाक्टर केसी पक्षले पनि वार्ता टोली गठन गरेको थियो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा।केसीले हस्ताक्षर गरेका छन ।

सहमतिमा उल्लेख भएका बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति पनि भएको छ ।

त्यसैगरी विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।

वार्ताटोलीमा सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव मैनालीसहित स्वास्थ्य मन्त्रालयका सहसचिव डा। गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहेका थिए । डाक्टर केसीका तर्फबाट डाक्टर जीवन क्षेत्री र अधिवक्ता ओमप्रकाश अर्यालसहित चार जना सहभागी थिए ।

सहमतिको पूर्णपाठ