वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी छन् । राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गौतमलाई मनोनित गरेकी हुन् ।

राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो । यो कोटामा नेकपाका उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले गरेको थियो । बुधबारमात्रै मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गौतम बर्दियाबाट पराजित भएका थिए । पटक पटकको प्रयासपछि गौतम राष्ट्रियसभा सदस्य बन्न सफल भएका हुन् ।