गजल


– विष्णु रैगाईँ

याद पनि ऊ जस्तै प्यारा बनायो
र मेरा पलपल अप्ठ्यारा बनायो

गुलाबले थानामा उजुरी दिएको छ
प्रेमले  बुद्धलाई  हत्यारा  बनायो

आज  उनीहरु  खाडीमा  भेटिन्छन्
हिजो जस्लाई पार्टीहरुले नारा बनायो

आऊ उत्पीडनका बिरुद्ध उठौँ  भन्नेले
रोल्पाहरु भन्छन् उल्टै सर्वहारा बनायो